
काठमाडौं । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
निगमले आज जारी सूचनामा खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ भने पेट्रोल, डिजल र मट्तिेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ।
नयाँ मल्य अनुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरेको छ।
निगमले हवाई इनधनको मूल्य भने यथावत कायम राखेको जनाएको छ।

