
काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या शून्य छ । यसअघि सोमवारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५५ पुगेको थियो ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ८३८ जनाको पीसीआर परीक्षण गरिएकामा १२५ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७० पुगेको छ ।
त्यस्तै चौबीस घण्टामा ९१ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६९ हजार ३९४ पुगेको छ ।
हाल क्वारेन्टिनमा ७२ जना छन् भने आइसोलेसनमा एक हजार ६२१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

