
काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँको टुँडिखेल मानव साङ्लोले घेर्ने भएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको संघर्षमा रहेको नेकपाले चौथो चरणको आन्दोलनको दोस्रो दिन मानव साङ्लोले टुँडिखेल घेर्न लागेको हो।
आज दिउँसो ४ बजे टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्न लागिएको संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए ।
जसअनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकाली, भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता–कार्यकर्ता, मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म रहने गरी आर्क विभाजन गरिएको उनले जानकारी दिए।
प्रचण्ड-माधव समूह संसद विघटनको विरोधमा हाल चौथो चरणको आन्दोलनमा छ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले फागुन २ गते चौथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

