जलहरी राखिसकेपछि सर्वोच्चले भन्यो- जलहरी नराख्नू

-


     मर्दी न्युज    
     फागुन १२ गते २०७७ मा प्रकाशित


काठमाडौं । पशुपतिमा सुनको जलहरी राखिसकेपछि सर्वोच्च अदालतले जलहरी नराख्न अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता निकिता ढुंगानाले दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले यस्तो आदेश दिएको हो ।

यस विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकार दुबै पक्षलाई फागुन १७ गते छलफलमा बोलाएको छ ।

यधपी सर्वोच्च अदालतमा रिट विचाराधिन अवस्थामा रहदा आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरेपछि सुनको जलहरी राखिएको थियो । सुनको जलहरीका लागि सरकारले ३० करोड दिएको थियो भने अन्य रकम पशुपति क्षेत्र विकास कोषले खर्च गरेको थियो । जलहरी राख्न एक अर्ब आठ करोड खर्च भएको कोषले जनाएको छ ।