भुषणको कलाकृति

-


     मर्दी न्युज    
     फागुन २२ गते २०७७ मा प्रकाशित


तिर्खा र प्यास सायद नहुदो हो त यो संसार नै अधुरो हुन्थ्यो होला । कतै न कतै अन्तचक्षुले छोएसम्म मानिस कला सिर्जनामा तल्लिन हुदो रैछ । सायद यस्तै एक उदाहरणीय प्रतिभाका धनि हुन कलाकार भुषण राज राजभण्डारी । बाह्र वर्षको उमेरदेखि नै आफू चित्र कोर्न थालेको बताउने भुषण अहिले व्यावसायिक कलाकार भैसकेको छ । उनी अर्डर अनुसार पोट्रेट मुहार चित्र बनाउने गर्छ र सोहीअनुसार पारिश्रमिक पनि राम्रै लिने गर्छ ।

भुषणले दृश्य चित्र, मुहार चित्र धेरै बनाएका छन । कला पारखीहरूले उनको चित्र मन पराएर किनेर लगेका छन । उनका सयवटा भन्दा धेरै चित्रहरू बिक्री भैसकेका छन । उनी दिनभरि पसलमै बसेर पेन्टिङ्ग सिर्जना गर्छन ।

बुबा भुवनराज राजभण्डारी र आमा तुलु राजभण्डारीको कोखबाट २०४४ सालमा पोखरा– ३ तेर्सापटी टोलमा जन्मिएका भुषण शिक्षा शास्त्रमा स्नातक हुन् भने विद्यालयस्तरको पढाई सिर्जना बहिरा माध्यामिक विद्यालय पोखराबाट पूरा गरेका हुन् । भुषण परिवारका जेठा छोरा हुन । उनका दुई बहिनी र एक भाइ छन । साथै श्रीमती जमुना प्रधान र एउटी छोरी पनि छन ।

उनको परिवार व्यापारिक घराना भएकोले उनी आफना वुवालाई निर्माण सामाग्री पसलमा सहयोग पनि पुर्याउछन । साथै आर्ट सामाग्री क्यानभास कपडा, रंग ब्रसहरू पनि बिक्रीका लागी राखेका छन ।

तस्विरमा हेरौं उनै भुषणका केही सिर्जनाहरुः