पुनर्स्थापनापछि पहिलोपल्ट संसद बैठक आज: यस्तो छ सम्भावित कार्यसूची

-


     मर्दी न्युज    
     फागुन २३ गते २०७७ मा प्रकाशित


काठमाडौँ । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज आइतबार बस्दै छ ।

मन्त्रिपरिषदको फागुन १७ को बैठकको निर्णय र सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि संसदको अधिवेदन अपराह्न ४ बजे बोलाएकी हुन् ।

पुस ५ गते मन्त्रिपरिषद बैठकमार्फत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेका थिए । राष्ट्रपति भण्डारीले तत्कालै सदर गरिदिएपछि सर्वोच्चमा मुद्दा परेको थियो । तर यो कदम असंवैधानिक भनी दर्ता गरिएका दर्जनभन्दा बढी रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते संसद् पुनर्स्थापना गरेको थियो ।

आजका लागि संसद् सचिवालयले सम्भावित कार्यक्रमका सूची तयार पारेको छ।

जसअनुसार बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन्। यस्तै राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ।

त्यस्तै सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिनेछ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।

यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गर्ने कार्यक्रम छ । तर बैठक सुरु हुनुअघिसम्म सम्भावित कार्यक्रम थपघट हुन सक्ने संसद् सचिवालयले जनाएको छ।

यस्तो छ संसद् सचिवालयले आजका लागि तय गरेको सम्भावित कार्यक्रमः