प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

-


     मर्दी न्युज    
     फागुन २६ गते २०७७ मा प्रकाशित


काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्ने भएको छ ।

बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

असारयता बहालवाला र पूर्व सांसदसमेत गरी असारयता १४ जना निधन भएका सांसदको शोक प्रस्ताव पारित गर्दै आजको बैठक सकिएको हो ।

संसद सचिवालयले यसअघि राखेको ७ अध्यादेश पेश हुने कार्यसूची हटाएको थियो । संसदको कार्यसूचीमा फेरबदल भएपछि सभास्थल आएका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरमै बाहिरिएका थिए।