जापानमा १९१७ जना संक्रमित थपिए, २७ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र १२ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, १२ चैत । जापानमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय १७ जना कोरोना संक्रमित थपिनुका साथै २७ जनाको मृत्यु भएको छ । मंगलबार ३७ हजार ३ सय ६९ जनाको पिसीआर परीक्षण गरिएको थियो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ६३ हजार ७ सय २७ जना पुगेको छ ।

त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ९ सय ८४ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ३८ हजार ३ सय ६१ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये १३ हजार ८ सय ३३ जनाको उपचार भइरहेको छ भने ३ सय २५ जनाको अवस्था गम्भीर रहेको छ ।

५ हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १८ हजार ८ सय ५५, ओसाकामा ४९ हजार ९ सय ४८, खानागावामा ४७ हजार ४ सय ६१, साईतामामा ३२ हजार ९१, चिबामा २८ हजार ९ सय ९९, आईचीमा २६ हजार ९ सय ९३, होक्काईदोमा २० हजार ६ सय ११, ह्योगोमा १९ हजार २ सय २०, फुकुओकामा १८ हजार ८ सय ५३ र क्योतोमा ९ हजार ३ सय ३७ जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ९ हजार ११ सय ८८, इबाराकीमा ६ हजार ४ सय ३३, सिजुओकामा ५ हजार ५ सय ७१, मियागीमा ५ हजार २ सय २१ र हिरोसीमामा ५ हजार १ सय दुई जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ६ सय ७४, ओसाकामा १ हजार १ सय ७२, खानागावामा ७ सय ७६, साईतामामा ६ सय ९१, चिबामा ५ सय ५४, आईचीमा ५ सय ७३, होक्काइदोमा ७ सय ४०, फुकुओकामा ३ सय २९, ह्योगोमा ५ सय ८३ र क्योतोमा १ सय ६८ जनाको मृत्यु भएको छ ।

४७ प्रान्तमध्ये बिहीबार आठ प्रान्तमा संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ३ सय ९४, ओसाकामा २ सय ६६, साईतामामा १ सय १३, मियागीमा १ सय ६१, खानागावामा १ सय २१ र ह्योगोमा १ सय, चिबामा ९८, होक्काइदोमा ६७ जना संक्रमित थपिए । त्यस्तै आईचीमा ७९, फुकुओकामा २८, ओकिनावामा ७७, एहिमेमा ५९, यामागातामा ४९, सिजुओकामा २७, क्योतोमा २४ जना संक्रमित थपिए ।