मन्त्रिपरिषद बैठक : विज्ञापन बोर्डमा हुमागाईं र चुरे–मधेश संरक्षण विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

-


     मर्दी न्युज    
     चैत्र २० गते २०७७ मा प्रकाशित


काठमाडौँ । सरकारले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको एक मन्त्रीले बताए ।

त्यस्तै सरकारले विज्ञापन प्राधिकरणको अध्यक्षमा लक्ष्मण हुमागाईँलाई नियुक्त गरेको छ ।

नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक हुमागाईँ खुला प्रतिस्पर्धाबाट छानिएका तीन जनामध्येबाट नियुक्त भएका हुन् । प्राधिकरणका सदस्यहरू यसअघि नै मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भइसकेका छन् ।

अध्यक्षको नियुक्तिसँगै विज्ञापन बोर्डले अब पूर्णता पाएको छ ।