जापानमा कोरोना संक्रमित ५ लाख नाघ्यो, निको हुने संख्या ४ लाख ६० हजार

-


     मर्दी न्युज    
     चैत्र २७ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, २७ चैत । जापानमा कोरोना संक्रमितको कुल संख्या ५ लाख १ हजार १ सय ३४ पुगेको छ । ५ लाख ४ सय २२ जना जापानभित्र संक्रमित भएका हुन् भने योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना हुन् । त्यस्तै प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ५९ हजार ४ सय ९९ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ । ४७ प्रान्तमध्ये सीमाने प्रान्तमा शुक्रबार संक्रमण शून्य रह्यो भने नौ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । पछिल्लो समय संक्रमणको हटस्पट बन्दै गएको ओसाकामा ८ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार ९ सय पाँचजना संक्रमित भएका थिए । टोकियोमा ५ सय ३७, ह्योगोमा ३ सय १४, आईचीमा १ सय ७२, खानागावामा १ सय ६८, साईतामामा १ सय ३१, ओकिनावामा १ सय ३१, मियागीमा १ सय २१ र चिबामा १ सय दुई जना संक्रमित थपिए । त्यस्तै क्योतो र नारामा ९६-९६, होक्काइदोमा ८३, फुकुओकामा ५४ र नागानोमा ४८ जना संक्रमित थपिए ।
बुधबार ४३ हजार ६ सय ३७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ९ हजार ३ सय ७९ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

संक्रमितमध्ये २७ हजार ३ सय ६२ जनाको उपचार भइरहेको छ भने ४ सय ८३ जनाको अवस्था गम्भीर रहेको छ ।

१० हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख २४ हजार ९ सय ८७, ओसाकामा ५८ हजार ४ सय १४, खानागावामा ४९ हजार २ सय ३७, साईतामामा ३४ हजार ४८, चिबामा ३० हजार ५ सय ३९, आईचीमा २८ हजार ५ सय १८, ह्योगोमा २२ हजार १ सय ६०, होक्काईदोमा २१ हजार ५ सय ९५, फुकुओकामा १९ हजार ३ सय ५४, ओकिनावामा १० हजार ४ सय ६५ र क्योतोमा १० हजार १ सय १६ जना संक्रमित भएका छन् ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ७ सय ९८, ओसाकामा १ हजार २ सय चार, खानागावामा ७ सय ९७, साईतामामा ७ सय १४, चिबामा ५ सय ८४, आईचीमा ५ सय ९६, होक्काइदोमा ७ सय ७२, फुकुओकामा ३ सय ३४, ह्योगोमा ६ सय चार र क्योतोमा १ सय ७४ जनाको मृत्यु भएको छ ।