फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका तीन सदस्य एमालेबाट निष्कासित

-


     मर्दी न्युज    
     वैशाख ४ गते २०७८ मा प्रकाशित


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ ।

प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो ।

नेकपा माओवादी केन्द्रका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिने माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका उनीहरूलाई शनिबार बसेको प्रदेश कमिटी बैठकले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित निष्कासित गरेको अध्यक्ष गोरख बोगटीले बताए।

चारै जनालाई सांसदबाट कारबाही गर्न भने हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो ।

अर्का सांसद प्रकाश ज्वालालाई पनि निश्कासन गर्न केन्द्रलाई पत्र पठाउने वैठकले निर्णय गरेको छ ।

ज्वालासहित चार सांसदले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।