गण्डकीको मन्त्रिपरिषद् विस्तार, दीपक मनाङेले मन्त्रीको शपथ लिँदै

-


     मर्दी न्युज    
     वैशाख १६ गते २०७८ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् ।

मनाङबाट स्वतन्त्र उमेद्वार बनेर गण्डकी प्रदेश सभा सदस्यमा निर्बाचित राजीव गुरुङ, दीपक मनाङे उपनामले परिचित छन् । 

मुख्यमन्त्रीका सचिवालयका अनुसार आजै उनलाई सपथ ख्वाउने तयारी छ । सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

सामाजिक विकास मन्त्रालय टुक्र्याएर मनाङेलाई मन्त्री बनाइएको हो ।