देउवा प्रधनमन्त्री दावी गर्दै शीतलनिवास पुगे

-


     मर्दी न्युज    
     जेठ ७ गते २०७८ मा प्रकाशित


काठमाडौँ । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् ।

देउवालाई प्रधानमन्त्रीमा नेपाली काँग्रेस, नेकपा माओवादी, माधवकुमार नेपाल पक्ष र जसपाका सांसदले समर्थन गरेका छन् ।