कृष्ण थापाको पक्षमा सर्वोच्चको आदेश

-


     मर्दी न्युज    
     जेठ २३ गते २०७८ मा प्रकाशित


पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापामाथिको कारबाही सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

राष्ट्रिय जनमोर्चाले पार्टीको ह्वीप नमानेको भन्दै थापालाई कारबाही गरेको थियो । त्यसपछि उनी सर्वोच्च गए ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा उनले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गरेका थिए ।