गण्डकीमा डेल्टा भेरियन्टको संक्रमण पुष्ठी

-


     मर्दी न्युज    
     असार २७ गते २०७८ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा कोभिड-१९ का फरक भेरियन्ट मध्येको नयाँ डेल्टा भेरियन्टको संक्रमण पुष्ठी भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचकालागी जनस्वास्थ्य कार्यालय काठमाण्डौ पठाईएका मध्ये स्याङ्जा र गोरखा जिल्लाका पाँचवटा नमुनामा नयाँ भेरियन्ट {डेल्टा (B.1.617.2)} को पुष्ठी भएको छ ।

अल्फा भेरियन्ट भन्दा नयाँ डेल्टा भेरियन्ट धेरै संक्रामक हुने हुँदा ब्यक्तिगत सुरक्षाका मापदण्ड अपनाई अझ बढि सतर्कता अपनाउन स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका संयोजक डा. नवराज शर्मा द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।