
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको दिएका छन् ।
अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रावलले आइतबार (आज) सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा राजीनामा दिएको घोषणा गरेका हुन् ।
सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन आज रावलले राजीनामाको घोषण गरेका हुन् ।

