टोकियो ओलम्पिक : ३८ स्वर्णपदक सहित चीन शीर्षस्थानमै, दूरी छोट्याउदै अमेरिका

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित


सन थापा, जापान । जापानको टोकियोमा जारी टोकियो ओलम्पिकमा चीन ३८ स्वर्णपदक सहित शीर्षस्थानमा कायमै रहेको छ ।

चीनले ३८ स्वर्ण, ३१ रजत र १८ काँस्य गरी ८७ पदक जितेको छ । ३६ स्वर्ण, ३९ रजत र ३३ काँस्य गरी १ सय आठ पदक जितेको अमेरिका दोस्रो स्थानमा छ भने चीनसँगको स्वर्ण पदकको दूरी घटाउदै गएको छ ।

जापान २७ स्वर्ण, १२ रजत र १७ काँस्य गरी ५६ पदक सहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै रसियन ओलम्पिक कमिटी (आरओसी) ले २० स्वर्ण, २५ रजत र २३ काँस्य गरी ६८ पदक सहित चौथो स्थानमा उक्लेको छ । २० स्वर्ण २१ रजत र २२ काँस्य गरी ६३ पदक जितेको इंग्ल्याण्ड पाचौ स्थानमा र १७ स्वर्ण सात रजत र २२ काँस्य गरी ४६ पदक जितेको अस्ट्रेलिया छैटौं स्थानमा रहेकोछ ।

जर्मनले १० स्वर्ण ११ रजत र १६ काँस्य गरी ३७ पदक जितेर सातौं स्थानमा छ भने १० स्वर्ण, ११ रजत र १२ काँस्य गरी ३३ पदक जितेको नेदरल्याण्ड आठौं स्थानमा उक्लेको छ । इटलीले १० स्वर्ण १० रजत र १९ काँस्य गरी ३९ पदक नवौं स्थानमा र फ्रान्स आठ स्वर्ण १२ रजत र ११ काँस्य गरी ३१ पदक सहित १० औं स्थानमा झरेको छ ।

त्यसैगरी सात स्वर्ण छ रजत र सात काँस्य पदक जितेको न्यूजिल्याण्ड ११औं स्थानमा र सात स्वर्ण चार रजत र आठ काँस्य पदक जितेको ब्राजिल १२ औं स्थानमा उक्लेको छ । त्यस्तै हंगेरी छ स्वर्ण सात रजत र छ काँस्य पदक सहित १३औं स्थानमा र क्यानाडा छ स्वर्ण छ रजत र ११ काँस्य पदक सहित १४ औं स्थानमा उक्लेको छ ।

दक्षिण कोरिया छ स्वर्ण, चार रजत र १० काँस्य पदक जितेर १५औं स्थानमा र क्युबा छ स्वर्ण तीन रजत र पाँच काँस्य पदक सहित १६ औं स्थानमा रहेकोछ । चार स्वर्ण, पाँच रजत र पाँच काँस्य पदक सहित पोल्याण्ड १७ औं स्थानमा रहेको छ भने चेक गणतन्त्रले चार स्वर्ण चार रजत र तीन काँस्य पदक जितेर १८ औं स्थानमा कायमै छ । चार स्वर्ण दुई रजत र एक काँस्य पदक जितेको नर्वे १९ औं स्थानमा उक्लदा चार स्वर्ण एक रजत र चार काँस्य पदक जितेको जमैका २०औं स्थानमा रहेको छ ।

विभिन्न ३३ खेलमा २ सय चार देशको सहभागिता रहेको टोकियो ओलम्पिकमा १५ औं दिनसम्म आउदा ६५ देशले स्वर्ण पदक जितेका छन् ।