सुनचाँदीको मूल्यमा वृद्धि

-


     मर्दी न्युज    
     २१ पुस २०७८ मा प्रकाशित


काठमाडौँ । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (मंगलबार) प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।