सुन्दर पर्यटकीय गन्तव्य बन्दै ताङतिङ र क्रपु डाँडा

-


     मर्दी न्युज    
     ४ माघ २०७८ मा प्रकाशित


कास्की । पोखराबाट पूर्वाेत्तरमा मादी गाउँपालिका वडा न २ मा रहेको  ताङतिङ गाउँ अहिले पर्यटकीय हिसाबले चर्चित बनेको छ। 

गुरुङ जातिको बाहुल्यता यो गाउँमा चिटिक्क परेका सुन्दर घरहरु, प्रत्येक घरको आगन बाट देखिने अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्य, न्यानो अतिथि सत्कार लगायतका कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा ताङतिङ परेको हो। 

गाउँको शिरमा रहेको क्रपुडाँडा सम्मको आवागमन सहज भएकोले हिंउदमा हिउँ खेल्न र सेल्फी खिच्नको लागि पर्यटकहरुको लर्को लाग्ने गरेको छ।

पोखराबाट नजिक २१ किलोमिटरमा रहेको ताङतिङ गाउँ पुग्न बसमा जाँदा साढे २ घण्टा लाग्छ । जिपमा २ घण्टा, मोटरसाइकलमा डेढ घण्टा लाग्छ । क्रपुडाँडामा पर्यटक बढ्न थालेपछि गाउँका युवाले डाँडामा तीनवटा अस्थायी होटल/रेस्टुरेन्ट बनाएका छन् । गाउँबाट माथि बसमा १ घण्टा गएपछि १ घण्टाको यात्रामा क्रपुडाँडा पुगिन्छ । 

केहि समय अगाडि अखिल नेपाल पर्यटन मजदुर संघले गरेको प्रबर्द्धनात्मक पदयात्राको फिल्ड रिपोर्टिङको क्रममा ताङतिङ पुगेर त्यहाँका होमस्टे संचालक संग खर्चको बारेमा जिज्ञासा राखेको थिए, उहाँका अनुसार गाउँको सामुदायिक होमस्टेमा बसाइ वापत प्रतिव्यक्ति एक हजार रुपैयाँ लाग्छ । यसमा बिहान बेलुकाको खाना र खाजा पर्छ । तर, क्रपुडाँडामा १ व्यक्तिको प्याकेजमा १ हजार ५ सय बस्न सकिन्छ । अहिले गाउँमा १४ वटा घरमा होमस्टे सुबिधा छ भने ७ वटा लज रहेको बुझिएको छ।

ताङतिङमा २०६८ सालमा होमस्टे सञ्चालमा आएको थियो । होमस्टे सञ्चालन गर्न गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले सहयोग गरेको थियो । भर्खरै नेतृत्व सम्हाल्न पुगेका  भिटोफ गण्डकीका अध्यक्ष उदय सुवेदीको अगुवाइमा अघिल्लो शुक्रबार  गाउँमा अन्तक्रिया सम्पन्न भएको छ ।

ताङतिङ सामुदायक होमस्टेकी अध्यक्ष पसमाया गुरुङकाे घरमा भएको अन्तरकृया कार्यक्रममा गाउँमा थप पर्यटन भित्र्याउन मञ्चले के गर्न सक्छ ? गाउँमा पर्यटनका सम्भावना के के छ ? होमस्टेलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराहरु गरिएको अध्यक्षले सुवेदीले बताए । सुन्दर गन्तव्यहरुको पहिचान र प्रबर्द्धन गर्नुनै भिटोफ को उदेश्य भएको समेत अध्यक्ष सुबेदिले जोड दिए। 

अन्तर्कृया कार्यक्रममा कान्तिपुर राष्ट्रिय दैनिकका पत्रकार दिपक परियार , स्थानीयबासिहरु, होमस्टे/ होटल संचालकहरुको उपस्थिती रहेको थियो।