
काठमाडौँ । साताको पाँचौँ दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ हजार रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन प्रतितोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बुधबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको मूल्य पनि आज ३० रुपैयाँले बढेर १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।