थप ३१७५ जनामा कोरोना सङ्क्रमण, १४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     माघ २० गते २०७८ मा प्रकाशित


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा ८७२३ जना कोरोना सङ्क्रमित निको भएकन छन भने सोही अवधिमा १४ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

हाल देशभर ६३ हजार २९६ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।