
काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज दिउँसो आईपीओ बाँडफाँट गरेको हो ।
सो कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणको लागि आईपीओ खुल्ला गरेको थियो । सर्वसाधारणका लागि छुट्याइएको ५१ हजार ६ सय ६२ जनाले १० कित्ताका दरले र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन । आईपीओ गोला प्रथा मार्फत बाँडफाँट भएको हो ।
आईपीओमा आवेदन दिएकाहरुले मेरो सेयर, एनआईसी एसिया क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङबाट हेर्न सक्ने छन् ।
सो कम्पनीको आईपीओमा २३ लाख २८ हजार ७ सय ६ जनाले २ करोड ६४ लाख १ हजार ९ सय ७० कित्ताका लागि आवेदन परेको थियो । आवेदन दिएका मध्ये ५१ हजार ६ सय ६२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । भने ८ जनाले आवेदकले ११ कित्ताका पाएका हुन् ।