गन्तव्य पहिचान तथा प्रबर्द्धनको लागि पोखरेली टोलि दुर्लुङ्गकोट पुग्यो

-


     मर्दी न्युज    
     फागुन ८ गते २०७८ मा प्रकाशित


पर्वत । पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रबर्द्धनको कार्यक्रम लिएर पोखरेली टोलि कुस्मा हुँदै दुर्लुङ्गकोट पुगेको हो ।

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा ), गण्डकी प्रदेशको आयोजनामा पोखरामा रहेका विभिन्न पर्यटन सम्बद्द संघसंस्था का अध्यक्षहरु, पोखरा पर्यटन परिषदका अध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक काशी राज भण्डारी, रासस गण्डकी प्रदेशका प्रमुख लगायत विभिन्न पत्रकार सहितको टोलि आज फागुन ८ गते बिहान कुस्मा स्थित शताब्दी घरको अबलोकन पश्चात् दुर्लुङ्गकोट पुगेको थियो ।

दुर्लुङ्गकोट को भुमे मन्दिर परिसरको पावनभुमीमा भएको औपचारिक कार्यकममा प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, बाणिज्य तथा आपूर्ति मन्त्री माननीय मणिभद्र शर्मा कंडेलले पर्यटन ब्यबसायनै प्रदेशको समृद्धिको आधार भएकोले पर्यटन प्रबर्द्धन र बिकासका काममा सक्दो सहयोग गर्ने बताउनुभयो ।

दुर्लुङ्गकोटको ऎतिहासिक, साँस्कृतिक तथा धार्मिक पक्षका बारेमा  दुर्लुङ्गकोट भुमे ब्यबस्थापन समितिका सचिव बालकृष्ण शर्माले मन्तव्य राखेको थिए । अन्य सम्पूर्ण बक्ताहरुको जोड मौलिक संस्कृतिहरुको जगेर्ना गरि स्थानीय तथा अर्गानिक खानपिनको प्रचारप्रसार गरि पर्यटक भित्र्याउनु पर्नेमा थियो । मौसमको प्रतिकुलताको बाबजुद बिबिध नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष संजय कान्त सिग्देलको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिव कमला गिरिले तथा स्वागत मन्तव्य उपाध्यक्ष किशोर दाहालले राखेका थिए ।

दुईदिने कार्यक्रमको लागि निस्केको टोलि आज बलेवा स्थित द क्लिफ रिसोर्टमा बास वस्नेछ । भोलि बिहान बागलुङ कालिका भगवतीको दर्शन गरेर फर्केपछी कुश्मा आसपासका पर्यटकिय स्थलहरुको अबलोकन गरी स्थानीय पर्यटन ब्यबसायीहरुलाई डिजिटल मार्केटिङ तालिम दिए पश्चात बेलुका पोखरा फर्किने योजना रहेको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले मर्दी न्युजलाई बताए ।