‘मुना बजार’ पोखरामा

-


     मर्दी न्युज    
     चैत्र ९ गते २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो समय निकै लोकप्रिय हुदै गएको ‘मुना बजार’ ले आफनो शाखा पोखरामा विस्तार गरेको छ ।

पोखरा महानगरपालिका सृजनाचोकमा आफनो शाखा स्थापना गरेको हो । पोखरा शाखाको उद्घाटन आगामी शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गर्ने कार्यक्रम रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सुरक्षित खाद्य र दैनिक उपभोग्य सामग्री ‘मुना बजार’मा पाउने संस्थाका चिफ म्यानेजर सीता पाण्डेले बताइन् । गैरआवासीय नेपाली संघको कृषि प्रबद्र्धन समितिले सन् २०१८ बाट नेपालमा काम सुरु गरेको उनले जानकारी दिइन् ।

किसानले उत्पादित उपजहरुलाई सिधै संकलन गरेर सरसफाई, प्याकेजिङ, प्रशोधन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारका उपभोक्तासम्म पु¥याउने लक्ष्य बजारले लिएको छ ।

बजारका अध्यक्ष युवराज गुरुङले एनआरएनका मित्रहरुको सल्लाह, सुझाव र उत्प्रेरणा सहितको सानो प्रयासले यहाँसम्म आउन सफल भएको बताए । नाफामुलक भन्दा पनि सेवा गर्न तथा कृषकले उचित मूल्य पाउनु र उपभोक्ताले पनि उचित मूल्यमा सामग्री खरिद गर्न सकोस भनेर मुना बजार सञ्चालन गरिएको उनले बताए ।

मुना बजारमा सुदुर पूर्व इलामको अकबरे देखि कर्णालीको दाल, गेडागुडी, ताजा तरकारी, फलफूल र रैथाने अन्य भेगका उत्पादनहरु पाईन्छ । बजारमा रैथाने खाद्यवस्तुसहित १६ सय प्रकारका खाद्यवस्तु पाइन्छ । दुग्ध पर्दाथ, पेय पदार्थ, औषधीय गुण भएका जटिबुटिहरु, सुख्खा तथा विविध पोषणयुक्त बियाँहरु, मह तथा विभिन्न अचार समेत पाईन्छ । नेपालको ६० जिल्लाभन्दा बढी जिल्लाका किसानहरुसँग प्रत्यक्ष सम्बन्ध राखी त्यहाँका स्थानीय, रैथाने, प्राकृतिक तथा जैविक कृषि उपजहरुलाई मुना बजारले प्रबद्र्धन गर्दै आएको छ ।

लामो समयदेखि ‘किसानबाट सिघै उपभोक्ताको भान्सा सम्म’ भन्ने मूल मन्त्र र अभिप्रायले सुरुवात गरिएको शुद्ध र विषादीरहित कृषि उपज र खाद्यन्नको बजारीकराण गर्दै आएको छ।

मुना बजारको प्रमुख कार्यालय ललितपुरको सानेपामा रहेको छ । यसअघि बिक्री केन्द्र लतिलपुरको सानेपा, गोल्फुटार, भैंसीपाटी र इमाडोलमा सञ्चालनमा आइसकेको छ। पोखराको यो शाखा पाँचौं हो ।