जापानमा थप ५२ हजार संक्रमित, १०१ जनाको मृत्यु

-


     सन थापा    
     चैत्र १७ गते २०७८ मा प्रकाशित


जापान, १७ चैत । जापानमा पछिल्लो २४ घण्टामा ५१ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय एकजनाको मृत्यु भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ६५ लाख ६६ हजार १४ जना पुगेको छ ।

कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २८ हजार १ सय ३६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । संक्रमितमध्ये ६ सय २७ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख १० हजार ६ सय ३६ जनाको उपचार भइरहेको छ । त्यसैगरी ६० लाख ४८ हजार ७ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये १४ प्रान्त हजार भन्दा बढी थपिए भने तोत्तोरी बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ८ हजार २ सय २६, साईतामामा ४ हजार ३ सय ९४, ओसाकामा ३ हजार ७ सय ३४, खानागावामा ३ हजार ८ सय ८८, चिबामा ३ हजार ९ सय ३९, आइचीमा २ हजार ६ सय ९३, फुकुओकामा २ हजार ५ सय ८६, ह्योगोमा २ हजार ६७, होक्काईदोमा २ हजार १ सय छ, ईबाराकी १ हजार ४ सय ६३, हिरोसिमामा १ हजार १ सय ३३, ओकिनावामा १ हजार १ सय ३२, क्योतोमा १ हजार ९२ र सिजुओकामा १ हजार १ सय ३७ जना संक्रमित थपिए ।

मंगलबार ८१ हजार ८ सय ११ जनाको पिसीआर परीक्षण गरिएको थियो ।