
जापानमा पछिल्लो २४ घण्टामा ५४ हजार ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६६ जनाको मृत्यु भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ६८ लाख ४२ हजार १ सय तीन जना पुगेको छ ।
कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २८ हजार ४ सय ७९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यसैगरी हालसम्म ६२ लाख ८७ हजार ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमित मध्ये ५ सय आठ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ४७ हजार २ सय ९५ जनाको उपचार भइरहेको छ ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये १३ प्रान्त हजार भन्दा बढी थपिए भने तोकुसीमा तोत्तोरी बाहेक अन्य प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा ८ हजार ६ सय ५२, ओसाकामा ४ हजार ८ सय ९६, खानागावामा ३ हजार ९ सय ५६, साईतामामा ३ हजार ३ सय २८, आइचीमा ३ हजार २ सय १५, चिबामा २ हजार ७ सय ७६, फुकुओकामा २ हजार ७ सय दुई, होक्काईदोमा २ हजार ३ सय ७०, ह्योगोमा २ हजार १ सय ९८, ओकिनावामा १ हजार ४ सय १०, सिजुओकामा १ हजार १ सय ९५, क्योतोमा १ हजार १ सय ३७, हिरोसीमामा १ हजार ८१ जना संक्रमित थपिए ।
सोमबार ६७ हजार ३ सय ७४ जनाको पिसीआर परीक्षण गरिएको थियो ।