नवनियुक्त कानुन मन्त्री बन्दीले लिए शपथ

-


     मर्दी न्युज    
     चैत्र २४ गते २०७८ मा प्रकाशित


काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) शपथ ग्रहण गरेका छन् ।

आज अपराह्न ३ बजे नवनियुक्त मन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । नवनियुक्त मन्त्री बन्दीको शपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए ।