
पोखरा । देशकै ठूली क्षेत्रफल भएको पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरूङले सोमबार मनोनयन दर्ता गरेका हुन् ।
एमाले सचिवालय बैठकले शनिबार मेयरमा दीपक पौडेल र उपमेयरमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयबाट पछि हट्दै सोमबार थापालाई अघि सारिएको हो ।
उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरूङले आफूलाई उठ्ने रहर नहुँदा पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागेको बताइन् ।