एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका चौधरीको मृत्यु

-


     मर्दी न्युज    
     वैशाख २७ गते २०७९ मा प्रकाशित


तुलसीपुर, २७ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका चौधरीको काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित थिए ।

यसअघि उनी तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित भएको थियो । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी परेको हो । उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।