बालेनको अग्रता कायमै

-


     मर्दी न्युज    
     जेठ १ गते २०७९ मा प्रकाशित


काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै छ । गठबन्धन र एमालेका उमेदवारलाई पछि पार्दै उनले निरन्तर अग्रता कायम राखेका छन् ।

हालसम्म १३ हजार ७१४ मतगणना भएको छ । बालेनका पक्षमा ५ हजार २१४ मत प्राप्त भएको छ । एमालेका केशव स्थापितले २ हजार ८३२ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी सिर्जना सिंहले २ हजार ४७० मत पाएकी छन् ।