सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब २६ करोडको कारोबार

-


     मर्दी न्युज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ ।

लगातार तीन कारोबार दिनेसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ अंक (०.१९ प्रतिशत) ले वृद्धि भएर बन्द भएको छ ।

यस दिन कारोबारमा आएका २२२ धितोपत्रको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर २६ हजार ४६ पटकमा रू. १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० बराबरको शेयर खरीदविक्री भएको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ४८ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४९ पुगेको छ । त्यसैगरी दोस्रोमा रिलायन्स फाइनान्सको शेयर मूल्य ६ दशलमव ६४ प्रतिशत वृद्धि भएर रू. ३५१ दशमलव ९० पुगेको छ ।

सोमवार सबैभन्दा बढी रू रू जलविद्युत् परियोजनका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ दशमलव ७० प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ८८६ मा झरेको छ । त्यसैगरी दोस्रोमा एनएमबि हाइब्रिड फण्ड एल-१ को इकाई मूल्य ३ दशमलव ७३ प्रतिशत घटेर रू. ९ दशमलव ८० मा झरेको छ ।

सर्वाधिक शेयर खरीदविक्री हुनेमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । यस दिन कम्पनीको रू. ११ करोड २५ लाख बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी दोस्रोमा अरुण काबेली पावरको रू. ५ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको समूहगत परिसूचक घटेको हो भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेको छ । समूहगत परिसूचक घट्नेमा म्युचुअल फण्ड समूहको १ दशमलव १२ प्रतिशत, लगानी समूहको शून्य दशमलव ५८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र बैंकिङ समूहको समूहगत परिसूचक शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ ।

त्यसैगरी समूहगत परिसूचक बढ्नेमा वित्त समूहको परिसूचक १ दशमलव ८९ प्रतिशत बढेको छ । त्यसैगरी होटल तथा पर्यटन समूहको १ दशमलव ३४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ७९ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशलमव ३० प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ४६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८२ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव शून्य ९ प्रतिशत, अन्य समूहको शून्य दशमलव ४७ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशतका दरले बढेको छ ।