२१.९७ अंकलेघट्यो नेप्से, १ अर्ब १२ करोडको कारोबार

-


     मर्दी न्युज    
     १५ भदौ २०७९ मा प्रकाशित


नेप्से परिसूचक बुधबार २१.९७ अंक घटेको छ । गत कारोबार दिन २.३३ अंक बढेको नेप्से आज १.१० प्रतिशत घटेर १९७३.३८ बिन्दुमा रोकिएको हो ।  

गत कारोबार दिनको तुलनामा आज कारोबार रकम भने बढेको छ । गत कारोबार दिन एक अर्ब एक करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज एक अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक २.४२ प्रतिशत र हाइड्रोपावर उपसूचक २.१७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.५३ प्रतिशतले गिरावट भएको छ ।

बुधबार नेप्सेमा २९ लाख ९२ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १२ करोड ६२ लाख १८ हजारको कारोबार भएको छ ।

जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक १० करोड ७४ लाख ८४ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ६ करोड ४० लाख २४ हजार र राप्ती हाइड्रोपावरको ३ करोड २७ लाख ८९ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा १८७ कम्पनीको सेयर कारोबार हुँदा १६८ कम्पनीको सेयर मूल्य गिरावट भएको छ । १५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।