प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट

-


     मर्दी न्युज    
     पुस १३ गते २०७९ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् ।

भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेको छ । यादवसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ ।

जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।