
पोखरा । विभागीय टीम त्रिभुवन आर्मीलाई ३–१ गोल अन्तरले हराउँदै संकटा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकप अन्तर्गत सोमबार सम्पन्न खेलमा विभागीय टीम त्रिभुवन आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो।
पहिलो हाफको १४ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टी सुटआउटमा गोल गरेका थिए ।
जवाफमा संकटाका लागि खेललाई बराबरिमा ल्याउन ३५ औं मिनेटमा मेसुकेले गोल गरे । दोस्रो हाफको ७३ औं मिनेटमा सुरज ठकुरीले गोल गर्दै २–१ को अग्रता लिए । संकटाका तर्फबाट अतिरिक्त समयमा पुनः मेसुकेले नै एक गोल गर्दै संकटालाई ३–१ जित दिलाउँदै सेमिफाइनलमा पु¥याए ।
सेमिफाइनलमा अब संकटाले एपीएफसँग भिड्नेछ ।

