धारिलो हतियार प्रहार गरी गुरूङको हत्या

-


     मर्दी न्युज    
     माघ २ गते २०७९ मा प्रकाशित


दमौली । तनहुँको भानु नगरपालिका-६ टुहुरेपसलमा सोमबार करिव ११:३० बजेको समयमा एक युवकले धारिलो हतियार प्रहार गरी स्थानीय सन्तबहादुर गुरूङको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसार आशिष परियारको आक्रमणबाट स्थानीय ४९ वर्षीय सन्तबहादुर गुरुङको ज्यान गएको हो ।

घटनामा संलग्न व्यास नगरपालिका-८ कोइलेनीका आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनामाथी थप अनुसन्धन भईरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

भानु-६ का वडाध्यक्ष धिरेश खनालका अनुसार आशिष मानसिक रुपमा बिमार भएकाले झारफुक गर्न टुहुरेपसल ल्याइएको थियो । उनका अनुसार आशिष झारफुक गर्ने ठाउँबाट भागेर करिव २ सय मिटर टाढा रहेको सन्तबहादुरको घरभित्र छिरेका थिए । घरभित्र रहेको खुकुरी लिएर बाहिरा निस्किएपछि तत्काल खुकुरी फिर्ता लिन जाँद सन्तबहादुरलाई नै प्रहार गरी हत्या गरिदिए को उनले जनाए ।