सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ६ हजार ९ सय

-


     मर्दी न्युज    
     माघ १२ गते २०७९ मा प्रकाशित


काठमाडौं । नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ९ सय पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन बुधबार प्रतितोला १ लाख ६ हजार २ सयमा कारोबार भएको थियो। आज तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ५ हजार ७०० थियो।

यस्तै, आज सुनको मूल्‍य बढेसँगै चाँदी पनि बढेको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले बजारमा त्यसको प्रभाव परेको हो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ ।