पाेखराकाे पर्स्याङमा पाेखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

-


     मर्दी न्युज    
     फागुन ९ गते २०७९ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङस्थित पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । घर नजिकै रहेको पोखरीमा डुबेर ४ वर्षीय सुहौन केसीको मृत्यु भएको हो ।

सोमबार बेलुका घर नआएपछि खोजी कार्य गर्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला परको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । घर अगाडी रहेको खुडेपोखरीमा खेल्ने क्रममा डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘हिजोबाट घरमा नआएपछि खोजीकार्य जारी थियो ।

मंगलबार बिहानै घर नजिकैको पोखरीमा खोजी कार्य गर्दा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।