
काठमाडौंबाट पोखरा आउँदै गरेको ईभी (विद्युतीय) माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बाग्मती प्रदेश ००६ख ७२२१ नम्बरको माइक्रोबस तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक जानकारी धादिङ प्रहरीले दिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

