रेशमलाल चौधरीको कैद सजाय माफी मिनाहका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

-


     मर्दी न्युज    
     जेठ १४ गते २०८० मा प्रकाशित


काठमाडौं । सरकारले जेलमा रहेका रेशमलाल चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

गणतन्त्र दिवसका अवसरमा उनको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको उनको भनाई छ ।

चौधरीसँग अन्य केही कैदीको बाँकी सजाय र केहीको सजाय माफी गर्ने निर्णय भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीलाई सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।

यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।