
पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्रीसहित चिनियाँ जहाज पोखरामा आइपुगेको छ । चीनबाट राहत सामग्री बोकेर दुई कार्गो विमान बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
चिनियाँ विमानले ल्याएको राहत सामाग्री भूकम्प प्रभावित क्षेत्रमा नेपाली एयरलाइन्स कम्पनीले लगिनेछ ।
चिनियाँ राजदूत छन सोङले आज उक्त समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ ।

