यस्ता छन मन्त्रिपरिषद् बैठकका १६ निर्णय 

-


     मर्दी न्युज    
     पुस १ गते २०८० मा प्रकाशित


काठमाडौँ । सरकारले विभिन्न १६ वटा निर्णय गरेको छ । मङ्सिर २८ गते (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णयहरू गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले मङ्सिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक गरेको हो।

सरकारले विद्युत खपत वृद्ध तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

यस्तै सरकारले ताप्लेजुङको घुन्सा खोला जलविद्युत आयोजनाको लागि जिल्लाको फक्ताङलुङ गाउँपालिकामा रहेको ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ।

हेर्नुहोस् मन्त्रिपरिषद्का निर्णयः