काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१÷८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका छन् । आज बसेको बैठकमा अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।
मन्त्री महतले बाह्य र आन्तरिक अर्थतन्त्रको सूचकलाई एकैचोटी सुधार देखिने गरी आगामी बजेटमा ल्याइने बताएका छन् । सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि गर्न बजेट उन्मुख हुने, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र ऊर्जा कृषि, पर्यटन र सुचना प्रविधिका लागि आवश्यक सार्वजनिक स्रोत निर्माण गर्नेगरी आगामी बजेट ल्याइने अर्थमन्त्री महतले बताए ।
बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले मुलुको अर्थतन्त्र लयमा फर्किँदै गरेको भएपनि चुतौतीपूर्ण अझै रहेको बताएका छन् ।