हाल जारी सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

-


     मर्दी न्युज    
     असाेज १२ गते २०८१ मा प्रकाशित


काठमाडौं । अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत–जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने सरकारले निर्णय भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिँहदरवारमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले अविरल वर्षाका कारण विद्यार्थीको आवत–जावत प्रभावित भएकाले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिए । अविरल वर्षाका कारण देशभरका विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएसँगै सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।