बढ्यो डिजेल र मट्टितेलको मूल्‍य

-


     मर्दी न्युज    
     ३० कार्तिक २०८१ मा प्रकाशित


काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ।

यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्‍य प्रतिलिटर १५३ कायम भएको छ । तर, पेट्रोलको मुल्‍य भने बढाइएको छैन।