कुगेलेइन चम्कँदा सुदूरपश्चिमको रोमाञ्चक जित

-


     मर्दी न्युज    
     ३० मंसिर २०८१ मा प्रकाशित


काठमाडौँ । स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि नेपाल प्रिमियर लिग सुदूरपश्चिम रोएल्सले पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित हात पारेको छ ।

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिममा सम्हालिन नसक्दा २ बल अगावै १४८ रनमा अलआउट भयो ।

अन्तिम ओभरमा जितका लागि पोखरालाई ६ बलमा ८ रन आवश्यक रहँदा २ रन मात्र जोडेर ३ विकेट गुमाएपछि जित नजिक पुगेर पनि पराजित भयो ।

पोखरालाई अलआउट गर्न सुदूरका स्कट कुगेलेइनले अन्तिम ओभरमा ३ सहित कूल ५ विकेट लिए ।