काठमाडौँ, २३ पुस । मङ्गलवार (आज) बिहान ६ बजेर ५१ मिनेटमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ।
यो धक्का काठमाडौँसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, र मकवानपुर जिल्लामा पनि महसुस गरिएको थियो। हालसम्म कुनै ठुलो क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन।
केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ ।