कास्कीका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा

-


     मर्दी न्युज    
     ४ माघ २०८१ मा प्रकाशित


पोखरा । कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । अध्यादेशमार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था लागू गरेको विरोधमा उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरूले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइमार्फत शिक्षा मन्त्रालयमा राजीनामा पेस गरेका छन् ।

२०७४ चैत्र ०४ गतेबाट हालसम्म स्थायी नियुक्ति लिएका शिक्षकहरूमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको पीडित शिक्षकहरूको गुनासो छ ।

राजीनामा स्वीकृत नहुँदासम्म पठनपाठन भने नरोक्ने उनीहरूले बताएका छन् ।