आहा रारा पोखरा गोल्डकप : मच्छिन्द्रद्वारा एपीएफ पराजित

-


     मर्दी न्युज    
     २३ माघ २०८१ मा प्रकाशित


पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहा रारा पोखरा गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ ।

सहारा क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत दोस्रो दिन भएको खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरी बलको एपीएफलाई २–० गोल अन्तर पराजित गरेको हो । खेलको दोस्रो हाफको ७४ औं मिनेटमा आदित्य शाक्य र ८१ औं मिनेटमा स्टेफेन कमाहाले गोल गरेपछि मच्छिन्द्र क्वार्टरफाइनल प्रवेश गरेको हो ।

पहिलो हाफमा दुवै टिमले केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो । बुधबारको खेलमा एपीएफले गोल गर्ने मौका सदुपयोग गर्न नसक्दा पहिलो खेलमै पराजय ब्यहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

बुधबारको खेलमा मच्छिन्द्र क्लवका विदेशी खेलाडी स्टेफन कामाहा प्लेयर अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत विहीबार एनआरटी फुटबल क्लव र चर्च ब्वाईज युनाईटेड क्लबबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।