प्रधानमन्त्री ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

-


     मर्दी न्युज    
     माघ २५ गते २०८१ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरवारको एक्सन रुमबाट विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग संवाद गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।