आहा १ रारा पोखरा गोल्डकपको उपाधिका लागि पुलिस र ब्ल्याक बुल्स आज भिड्दै

-


     मर्दी न्युज    
     ३ फाल्गुन २०८१ मा प्रकाशित


पोखरा । आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता उपाधिको लागि भिडन्त आज शनिबार हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं श्रृङ्लाको उपाधि भिडन्तमा नेपाल पुलिस क्लव र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लव बीच आमनेसामने हुँदैछन् । दुवै टिमका लागि यो ईतिहास रच्ने अवसर हुनेछ ।

नेपाल पुलिस क्लव आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्बाधिक ६ पटकको उपाधि बिजेता हो । पुलिससँगै मनाङ मस्र्याङ्दी क्लवपनि समान ६ पटक नै उपाधि बिजेता टिमहो । तर शनिबार उपाधि जितेमा पुलिसले सातौं पटकको उपाधि जित्ने पहिलो टिम बनेर ईतिहास रच्नेछ ।

अर्कोतर्फ पहिलो पटकको सहभागितामै फाईनल पुगेको उज्वेकिस्तानको ब्ल्याक बुल्सलाईपनि पहिलो सहभागितामै उपाधि जितेर ईतिहास रच्ने अवसर प्राप्त छ । फाइनल यात्रासम्मको खेल हेर्दा उपाधि भिडन्त रोमाञ्चक बन्ने अपेक्षा खेलप्रेमीहरुको छ ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता संचालनबाट बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी एकेडेमीमा रहेका अनाथ बाल बालिकाको लागि खर्च गरिनेछ ।